ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना भयावह बनेकै समयमा बजेट र जनशक्ति अभावका कारण कोरोना परिक्षण प्रयोगशाला बन्द

गुल्मी वैशाख १४ ।गुल्मीमा स्थापित काोभिड परीक्षण प्रयोगशाला बन्द भएको छ । प्रयोगशाला सञ्चालनका लागि आवश्यक बजेट र जनशक्ति अभावका कारण बन्द भएको हो ।

गत असोज १ गतेदेखि सञ्चालनमा आएको प्रयोगशाला बजेटको अभावमा बन्द भएको हो । गत वर्ष कोरोनाले महामारीको रुप लिन थालेपछि जिल्लाका स्थानीय तहको सहयोगमा जिल्लामै स्वाब परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको प्रयोगशाला अहिले बन्द भएको हो । प्रयोगशालामा काम गर्दै आएका चार जनाले कोभिड भत्ता र १० जनाले तलब-भत्तासमेत पाएका छैनन् ।

जिल्लाका सरोकार पक्षले स्वास्थ्यकर्मीलाई रु ३० लाख भुक्तान गर्न अझै बाँकी छ । शुरुमा तम्घास अस्पतालमार्फत काममा खटिए पनि नियुक्तिपत्र नहुँदा समस्या भएको ल्याब इञ्चार्ज केपी भण्डारीले गुनासो गरे । अहिले पनि प्रयोगशाला सञ्चालनमा ल्याउन र कर्मचारीलाई तलब दिने विषयमा कसैले चासो नदिएको उनको भनाइ छ ।

परीक्षण प्रयोगशाला बन्द भएपछि अब स्वाब परीक्षणका लागि पुनः रुपन्देही पठाउनुपर्ने भएको छ । यस सम्बन्धमा रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन नसक्ने प्रतिक्रिया दिए । प्रयोगशाला धेरै खर्चिलो हुने र पहिलेकै कर्मचारीलाई तलब दिन नसकिएकाले तत्काल सञ्चालनमा नआउने उनको भनाइ छ ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले प्रयोगशाला सञ्चालनका लागि प्रदेश सरकारसँग बजेट माग गर्ने र दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि केन्द्रीय सिसिएमसीलाई अनुरोध गर्ने निर्णय गरेको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा अहिले जिल्लामा ७६ सक्रिय सङ्क्रमित छन् भने चारको मृत्यु भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *