ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमण बढ्दै गएपछी स्वास्थ्यकर्मीलाई लामो समय बिदा नलिन र बसेकालाई तुरुन्त काममा फर्कन स्वस्थ्य मन्त्रालयले निर्देशन

काठमाडौं,वैशाख १४ । स्वास्थ्य मन्त्रालयले एक सुचना जारी गर्दै सम्पुर्ण अस्पतालहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन निर्देशन दिएको हो ।

मन्त्रालयले मंगलबार सचिवस्तरीय निणर्य गर्दै कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने संक्रमित बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि कर्मचारीलाई तुरुन्त बोलाउन निर्देशन दिएको हो।

मन्त्रालयले अस्पतालमा कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको आलो पालो निर्धारण गरि सेवा दिने व्यवस्था मिलाउन, अस्पतालको स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भए तत्काल जनशक्ति व्यवस्थापन गर्न, स्वीकृत जनशक्ति भएको र थप जनशक्ति आवश्यक भएमा ५ महिनाको लागि करार सेवामा लिन समेत निर्देशन दिएको छ।

अस्पतालको बेड, जनशक्ति र संक्रमित बिरामीको संख्याको आधारमा बहिरङ्ग सेवा, इलेक्टीभ सर्जरी लगायतका सेवा हाललाई स्थगित गर्ने तर आकस्मिक सेवा सुनिश्चित गर्न पनि स्वास्थ्य मन्त्रलायले
अस्पतालहरुलाई निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *