ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनासंग जुध्न सर्वपक्षीय संयन्त्र बनाउन माओवादी केन्द्रको सिफारीस

काठमाडौं वैशाख १४ । नेकपा माओवादी केन्द्रले कोरोना माहामारी नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले कोभिड रोकथाम र नियन्त्रणका लागि सरकार, राजनीतिक पार्टी, नागरिक समाज, स्वाथ्यकर्मी, जनस्वास्थ्यविद् सबै एकताबद्ध काम गर्न आग्रह गरेको छ ।

बैठकको निर्णय सुनाउदैं प्रवक्ता नारायणकाजी श्रेष्ठले भने – ‘यसका निम्ति सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग पनि गरेका छौ,’
बैठकले सीमाहरुमा कडाईपूर्वक नियन्त्रण गर्न र नेपाल आउनेलाई परीक्षण लगायतका मापदण्ड पूरा गर्न मात्र आउन दिन आग्रह गरेको छ ।

माओवादी केन्द्रले डेडिकेटेड कोभिड–१९ अस्पताल बनाउन, अक्सिजन, आईसीयू भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित पनि माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *