ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महामारीमै गुल्मीमा कोरोना परीक्षण रोकियो स्वाब परीक्षणको लागी रुपन्देहीको भर, निरिह नगरपालिका

गुल्मी बैशाख १४। महामारीमै गुल्मीमा कोरोना परीक्षण रोकिएको छ ।

नयाँ भेरियन्ट देखिएर देशनै महामारीको चपेटामा परिरहेको समयमा कोरोनाको परीक्षण देशभर भइरहँदा प्रयोगशाला सञ्चालनका लागि आवश्यक बजेट र जनशक्ति अभावको कारण गुल्मीमा कोरोना परीक्षण रोकिएको छ । विगत वर्षको महामारीमा जिल्लाका स्थानीय तहको सहयोगमा जिल्लामै स्वाब परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको प्रयोगशाला काम नलाग्ने भएको छ ।

जिल्लामा काम गर्दै आएका चार जनाले कोभिड भत्ता र १० जनाले तलब–भत्तासमेत नपाएको गुनासो मार्फत स्वास्थ्यकर्मीलाई रु ३० लाख भुक्तान गर्न समेत बाँकी रहेको छ ।

हाल प्रयोगशाला सञ्चालनमा ल्याउन र कर्मचारीलाई तलब दिने विषयमा कसैले चासो नदिएको हुँदा जनता भने महामारीमा जीवन दाउमा राखेर हिंडन बाध्य भएका छन् । प्रयोगशाला बन्द भएपछि अब स्वाब परीक्षणका लागि रुपन्देहीमा आउनुपर्नेछ । रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले प्रयोगशाला धेरै खर्चिलो हुने हुँदा तत्काल सञ्चालनमा ल्याउन नसक्ने बताएका छन् ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले प्रयोगशाला सञ्चालनका लागि प्रदेश सरकारसँग बजेट माग गर्ने र दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि केन्द्रीय सिसिएमसीलाई अनुरोध गर्ने निर्णय गरेको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा अहिले जिल्लामा ७६ सक्रिय सङ्क्रमित छन् भने चारको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *