ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कैलालीको प्रहरी कार्यलयको थुनुवा कक्षमा रहेका २० जनामा संक्रमण पुष्टि

धनगढी,वैशाख१४ । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मंगलबार ६२ जनाको पिसिआर परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको कार्यालयका प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताए ।संक्रमण पुष्टि भएसँगै उनीहरुलाई जिल्ला प्रहरी कार्यालयकै आइशोलेसनमा राखिएको प्रहरी नायव उपरीक्षक चौधरीले बताए।

संक्रमण पुष्टि भएका सबैको अवस्था सामान्य रहेको बताए । अब प्रहरी कार्यालयमा आउनेहरुमाथि पनि कडाइका साथ निगरानी गरिने छ ।

यस्तै कार्यालयमा कार्यरत सबै प्रहरी कर्मचारीको पनि परीक्षण गर्ने तयारी भएको चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *