ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सभामुख सापकोटाको प्रमुख आथित्यतामा बसेको बैठक:सरकारको निर्णय विपरीत सिन्धुपाल्चोकमा विद्यालय बन्द नहुने निर्णय

काठमाडौं वैशाख १४ । सिसिएम्सीको सिफारीसरमा मन्त्रीपरिषदले देशभरका विद्यालय तथा शिक्षालय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेपनि गरेको छ । तर  सिन्धुपाल्चोकमा कोरोना संकट व्यवस्थापन केन्द्र र जिल्ला समन्वय समितिले भने वैशाख भर विद्याल सञ्चालन गर्ने निर्णय गरेका छन् ।

सोमबार कोरोना संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन समन्वय बैठकले सिन्धुपाल्चोकमा रहेका विद्यालयहरु वैशाख मसान्तसम्म खुल्लै राख्ने निर्णय गरेको हो । ‘२०७८ वैशाख मसान्तसम्म सम्पूर्ण विद्यालयको वार्षिक परीक्षा सम्पन्न गरी तत्पश्चात विद्यालय बन्द गर्ने ।‘


उक्त बैठकमा सभामुख अग्नि सापकोटा प्रमुख अतिथिको रुपमा उपस्थित  थिए । सभामुख सापकोटा समेत उपस्थित रहेको बैठकमा यस्तो निर्णय भएपछि चौतर्फी आलोचना भएको छ ।सरकारले गरेको निर्णय सभामुख सापकोटाले आफ्नै जिल्लामा अवज्ञा गरेको भन्दै सापकोटाको आलोचना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *