ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतमा एकै दिन ३ लाख बढिमा कोरोना संक्रमण

एजेन्सी, वैशाख १४ । कोरोना संक्रमणको भयावह बनेको भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख १९ हजार ४ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । तर अघिल्लो दिनको तुलनमा भने यो सङ्ख्या केही कमी हो ।

आइतबार भारतमा ३ लाख ५४ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए । कोरोनाले विकराल रुप लिएपछि यति वेला विश्वको ध्यान भारतमा केन्द्रित बनेको छ । चुनाव तथा कुम्भमेलाका कारण कोरोना फैलिकए भारतमा अदालतले कोरोना फैलाउन निर्वाचन आयोगको प्रखुम भूमिका रहेको समेत जनाएको छ ।

विश्वस्वास्थ्य संगठनले भारतमा संक्रमणको अवस्थालाई हेरेर चिन्ता व्यक्त गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमणका कारण दुई हजार ८ सयको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *