ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पन्जाबलाई ५ विकेटले हराउदैं कोलकत्ताको दोस्रो जित

एजेन्सी, वैशाख १४ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले पन्जाब किङ्सलाई ५ विकेटले हराउदैं

 दोस्रो जित निकालेको छ ।

सोमबार राति पन्जाब किङ्सले दिएको १ सय २४ रनको लक्ष्य कोलकत्ताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

कोलकत्ताका जितमा कप्तान इयान मोर्गनले अविजित रहदै ४७  रनमा अविजित रहदाँ  राहुल त्रिपाठीले ४१ रन तथा आन्द्रे रसेल १० रन जोडे ।

पन्जाबका मोहमद शामी, मोइसेस हेन्रिक्स, आर्शदिप सिंह र दिपक होडाले एक एक विकेट लिए ।

पन्जाबले  २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन जोड्यो पन्जाबका मायांक अग्रवालले ३१ रन क्रिस जोर्डनले ३० रन

लोकेश राहुल र निकोलस पुरणले समान १९/१९ रन जोड्दा साहरुख खानले १३ रन बनाए ।

कोलकत्ताका प्रसिद्ध कृष्णले ३ विकेट लिए । सुनिल नारिन र पाट कुमिन्सले २/२ विकेट लिए ।

जितसँगै कोलकत्ताले पाँचौं स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेलमा ४ अंक जोडेको छ । पन्जाबको ६ खेलमा ४ अंक छ । पन्जाब छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *