ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अक्सीजन अभावमा छटपटाइरहेका पतिलाई पत्निले मुखबाट श्वास दिदा समेत बचाउन सकिन

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना बिरामीको उपचारको लागि अत्यावश्यक अक्सिजन नहुदा अक्सिजनको कमी भएर मानिसहरुको मृत्युु भइरहेको छ ।

अक्सिजनको अभावमा मृत्युको ढोकासम्म पु-याइरहेको एक ताजा उदाहरण भारत उत्तर प्रदेशको आगरा शहरमा देखिएको छ। भारत उत्तर प्रदेशको आगरा शहरको एउटा फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जसमा देख्न सकिन्छ अटो रिक्सामा मुखबाट पतिलाई पत्निले श्वाँस दिइरहेकि थिइन । तर महामारीको कठिन परिस्थिति सँग जुधिरहेका पतिले पत्नीकै काखमा ज्यान गुमाएका छन् । एक पत्नीले अटुट प्रयासका बाबजुद पतिलाई बचाउन सकिनन् । अक्सिजनको कमीले एक पत्नीलाई यहाँसम्म लाचार बनाइदियो कि मुखबाट श्वास दिँदापनि पतिको ज्यान बचाउन सकिनन्।

अहिलेको स्थिति पहिले भन्दा खराब छ ।सबै सचेत बनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *