ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बलिया राष्ट्रसंग अन्तराष्ट्रिय गेमको प्रतिक्षामा छौं – कप्तान मल्ल

काठमाडौं वैशाख १३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आफुभन्दाँ माथिल्लो बर्याताका राष्ट्रसंग खेल्न आतुर रहेको जनाएका छन् । आफूभन्दाँ बलिया राष्ट्रसंग खेल्दाँ अनुभव तथा सुधारको अवसर पाउने भन्दै बरियतामा माथी रहेका राष्ट्रसंग खेल्न आतुर रहेको बताएका हुन् ।

नेपालले मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी ट्वान्टीको उपाधि जितेपछि गोरखापत्रसँगको अन्तवार्तामा उनले साना साना गल्तीलाई सुधार्दै जाँदा नेपालको अवस्था सुधार भएको बताए । उनको भनाई छ- “कुनै एक तत्व मात्रै निर्णायक नभई समग्र टोलिको स-साना गलतीलाई सुधार्दै जाँदा प्राप्त भएको परिणाम हो यो ।”–

 
नेपाल,न्यूजल्याण्ड र मलेसिया विच भएको त्रिदेशिय खेलमा नेपालले उत्कृष्ठ प्रदर्शन गर्दैं सिरिज कब्जा गरेको थियो । घरेलु मैदानमा रेकर्ड नै रेकर्ड बनाएको नेपाली टोलीको आइसिसी बरियतामा समेत १४ स्थान सुधार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *