ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल सुपर लिगमा ललितपुर र चितवनको वरावरी, पेनाल्टी रोकेका चितवनका गोलकिपर सुनार बने प्लेयर अफ दि म्याच

काठमाडौं वैशाख १३ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी र एफसी चितवनले १-१को बराबरी खेलेका छन् ।

पटक पटक एटेम गरेपनि गोल गर्न नसकेको ललितपुरले २१ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दाँ अंक बाढ्न बाध्य भयो ।  ललितपुरका कप्तान अन्जन विष्टलको  पेनाल्टीलाई चितवनका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाऊ गरेका थिए । तर खेलको ४९ औं मिनेटमा कमल श्रेष्ठले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा चितवनका  अमित तामाङले पेनाल्टी मार्फत गोल गर्दै बरावरीको स्थितीमा पुर्याएका थिए ।  पेनाल्टी क्षेत्रभित्र रहेका ललितपुरका विनोद गुरुङले ह्याण्डबल गरेपछि चितवनले पेनाल्टी पाएको थियो ।

चितवनका गोलकिपर विशाल सुनार प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । प्रोमोसिङ प्लेयर अफ दि म्याच ललितपुरका विनोद गुरुङ चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *