ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उपत्यका प्रवेशमा कडाई, उपत्यका भित्रनेलाई अनिवार्य क्वारेन्टिन

काठमाडौं वैशाख १३ । उपत्यकाका जिल्ला प्रशासन कार्यलयले निशेधाज्ञा लगाएसंगै उपत्यका प्रवेशमा समेत कडाई गरेका छन् ।

उपत्यकामा अत्यावस्यक बाहेक सवै सेवा बन्द गरेको प्रशासनले उपत्यका प्रवेश गर्नेहरूले अनिवार्य रूपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने भएको जनाएको छ ।

सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूलेजारी गरेको निषेधाज्ञामा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिएपछि यस्तो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *