ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विवाह गर्न प्रशासनको अनुमति चाहिने

काठमाडौं वैशाख १३ । कोरोना महामारिका कारण उपत्यकाका जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेका छन् ।

भिडभाड हुने क्षेत्र र अत्यावस्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको प्रशासनले विवाह र ब्रतबन्ध गर्न प्रशासनको अनुमति लिनुपर्ने निर्णय गरेको छ । त्यस्ता समारोहमा बढीमा १५ जना मात्र भेला हुन पाइने भएको छ ।

निषेधाज्ञामा भनिएको छ,- ‘विवाह र ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्न पाइने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *