ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पाँच बजे मन्त्रीपरिषदको वैठकबस्दै: लकडाउनको निर्णय गर्न सक्ने

काठमाडौं वैशाख १३ ।  आजको मन्त्रिपरिषदको नियमित बैठकले लकडाउनको निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।

 प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह पाँच बजे बस्ने मन्त्रिपरिषद बैठकले सिसिएकसिको सिफारीसलाई अनुमोदन गर्न सकिने अनुमान गरिएको छ ।

आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ ।

त्यस्तै आजबाट नै विद्यालय बन्द गर्ने तथा पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र  (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *