ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमाले औपचारीक फुटको घोषणा हुन मात्र वाकीँ – संगै बस्न नसकिने दुवैको प्रष्टोक्ती

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई जहिले र जस्तो सुकै कारवाही गर्ने सक्ने प्रष्ट पारेका छन् ।

खनाल – नेपाल समुहसंग एकै ठाउँमा बस्न सक्ने अवस्था नरहेको भन्दै उनीहरुमाथि जस्तोसुकै कारबाही हुने जनाएका छन् । ईमेज टेलिभिजनको हटसिटमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले माधव नेपालको अहंकारसँगै बस्न नसक्ने मुख्य कारक रहेको जिकीर गर्दै आफ्नो चाहना बाँकी कार्यकाल पूरा गर्ने भए पनि देशको आवश्यकता तत्काल चुनाव भएकाले मुलुक त्यतैतिर जाने दाबी गरे ।

सरकारविरुद्ध कुनै पनि बेला अविश्वास प्रस्ताव आउन सक्नेतर्फ सचेत रहेको र त्यसका लागि आफू तयार रहेको पनि उनको भनाई छ । उता खनाल- नेपाल समुहले पनि ओलीसंग बस्न नसकिने प्रष्ट पारेको छ । हिमायल टेलिभिजनको यक्ष प्रश्नमा उक्त समुहका नेता झलनाथ खनालले ओली प्रविर्तिका कारण कमन्युष्ट आन्दोलन सकिन लागेको भन्दै चिन्ता व्यक्त गरे ।

ओली नभइ ओली प्रविर्तिसंगको लडाइ भएको दावी गर्ने खनालले नयाँ राजनीतिक दलको तयारी भएको प्रष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *