ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भाग्यमानी दिल्ली: हैदारावाद सुपर ओभरमा पराजित

एजेन्सी, वैशाख १३ । इन्डियन प्रिमिययर लिग (आइपीएलण मा भाग्यमानी ठहरिदैं दिल्लेले हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ ।

चेन्नईमा आइतबार राति भएको खेलमा दिल्ली र हैदरावादले समान १५९ रन बनाएपछि खेलको नतिजा सुपर ओभरमा तानिएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १५९ रन जोड्यो जवाफमा हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा पहिलो ब्याटिङ गर्दै हैदरावादले ७ रन जोड्यो । ८ रनको लक्ष्य दिल्लीले विना क्षती पूरा गर्दै खेल जित्यो । जितपछि दिल्लीले ५ खेलबाट ८ अंक जोड्दै रोयल च्यालेन्जर्स बेंगलोरलाई रनरेटमा पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।

सिजनको चौथो हारपछि ५ खेलबाट २ अंक रहेको हैदरावाद सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *