ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रुपन्देहीमा सवारीमा जोरबिजोर सबै विद्यालय बन्द परीक्षा स्थगीत

रुपन्देही १२, बैशाख । रुपन्देहीमा सवारी साधन सञ्चालनमा वैशाख १४ गतेदेखि जोर बिजोर प्रणाली लागू हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच आइतबार भएको वैठकले वैशाख १४ गतेदेखि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो ।

यो नियम एम्बुलेन्स र शब वाहन तथा औषधि, दूध बोक्ने तथा सरकारी कर्मचारी, प्रेसका सवारी साधनलाई बाहेक अन्य सबै गाडीमा लागू हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

कोरोनाको भयावह स्थितिलाई मध्यनजर गर्दै वैठकले वैशाख मसान्तसम्म रुपन्देहीका १६ वटै स्थानीय तहका विद्यालय बन्द गर्ने र परीक्षा पनि अर्को सूचना नआउन्जेलसम्मको लागी स्थगित गर्ने भएको हो ।

बैठकले जिल्लाभित्र सञ्चालन हुने सबै हाटबजार सञ्चालनमा पनि रोक लगाउने निर्णय गरेको छ ।स्वास्थ्य मापदण्ड देखी सबै तयारीमा न्यूनतम तयारीमा जुटन प्रशासनले सबै स्थानिय तहलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *