ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा कुनैपनि विदेशी नागरिकहरूको कोरोना परीक्षण नगर्न सबै प्रयोगशालाहरूलाई निर्देशन

काठमाडौं,वैशाख १२ । मन्त्रालयले विदेशी नागरिकको कोरोना परीक्षणमा बन्देज गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेको देखिएको समेत जनाएको छ।

मन्त्रालयले सबै प्रयोगशालाहरूलाई कोभिड-१९ प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड-१९ को परीक्षणका व्यवस्था गर्दा नेपाली नागरिक, कूटनीतिक निकाय तथा मिसनका कर्मचारी तथा उनीहरूका परिवार र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशक विपरीत परीक्षण गर्ने/गराउने गरेको पाइएमा कारबाही गरिने समेत जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *