ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमणको चक्रलाई रोक्न नसकेमा केहीदिनमै अस्पतालहरुले बिरामीको ब्यवस्थापन गर्न नसक्ने

काठमाडौं,वैशाख १२ । मन्त्रालयले आज एक सूचना जारी गर्दै अहिले संक्रमणको चक्रलाई रोक्न सकिएन र अहिलकै गतिमा संक्रमण बढ्दै गए केही दिनमै अस्पतालमा बेड अभाव हुनसक्ने चेतावनी दिएको हो ।

संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने गाउँसम्म हुनेछैन, स्वास्थ्य मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ, त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि विचलित हुन नदिन आग्रह गरेको छ ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले तोकेको मापदण्ड बाहेक अरु विकल्प नभएको भन्दै स्वास्थ्य मन्त्रालयले आफूले अरु सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र हातको सरसफाईमा ध्यान दिन अपिल समेत गरेको छ ।

स्वास्थ्य मन्त्रालयले समाजका अगुवाहरुको क्रियाकलापलाई अन्य व्यक्तिले पनि अनुसरण गर्ने भएकाले सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निवार्ह गरी संवेदनशील बन्न आग्रह गरेको छ ।

अहिलेको संक्रमण सबै वर्ग र उमेर समुहका लागि अत्यन्त जोखिमपुर्ण र हालसम्म कोभिडको उपचारका गर्न सक्ने कुनै पनि औषधि वा उपाय चिकित्सा विज्ञानले विकास गर्न नसकेको पनि स्वास्थ्य मन्त्रलायले ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *