ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा कोरोना संक्रमण र मृत्यु हुनेको संख्या बढ्दो

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं ,वैशाख १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा आरटी-पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने यही अवधिमा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा गरिएको कूल परीक्षण संख्या र संक्रमण पुष्टि हुने संख्याको अनुपात हेर्दा १०० जनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको देखिन्छ ।
मन्त्रालयले नियमित रुपमा गर्दै आएको प्रेस ब्रिफीङमा बोल्दै प्रवक्ता प्रा डा जागेश्वर गौतमले यही दरमा कोरोना संक्रमण बढेमा ब्यवस्थापन गर्न कठिन हुने बताउनु भयो ।

मन्त्रालयले तत्काल २० हजार ठूला अक्सिजन सिलिण्डहरु नेपालमा ल्याउनका लागि पहल भैरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक सामग्रीको लिष्ट परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई उपलब्ध गराएको हो ।

मन्त्रालयले नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ । पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको भन्दै मन्त्रालयले यो दर विश्वमै उच्च रहेको बताएको हो । हाम्रो समुदायमा सङ्क्रमण व्यापक भइसकेको धुलिखेल अस्पतालका स्वास्थ्य तथा सामुदायिक विकास कार्यक्रम निर्देशक डाक्टर विराजमान कर्माचार्यले बताउनु भयो । अहिले देखिएको अवस्था भयावहका रूपमा नजिक रहेको सङ्केतका रूपमा बुझ्नुपर्ने भन्दै डा. कर्माचार्यले तत्काल थप सावधानी नअपनाइए अवस्था खराब हुने बताउनुभयो ।

अहिले नेपालमा संक्रिय संक्रमित संख्या १९ हजार ३ सय ८२ जना पुगेको छ भने ६९ जना क्वारेन्टिनमा छन् । २ सय ५२ जना आइसियुमा रहेका छन् भने भेन्टिलेटरमा ६२ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *