ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य मन्त्रालयले एचडियु सञ्चालन गरिएका सबै अस्पतालहरुलाई तस्विरसहितको प्रगति विवरण पठाउन निर्देशन

काठमाडौं,वैशाख १२ । कोरोना संक्रमण बढ्दै गएको र अस्पतालहरुमा भर्ना हुने अधिकाँश बिरामीहरुलाइ अक्सिनको सपोर्ट आवश्यक पर्न थालेको भन्दै मन्त्रालयले तीन दिन भित्र विवरण पेश गर्न भनेको छ ।

अस्पतालहरुमा बेड अभाव हुन थालेपनछि मन्त्रालयले आज एक सूचना जारी गर्दै हाई डिपेन्डेन्सी युनिट (एचडियु) सञ्चालन भएका सबै अस्पतालहरुलाई तीनदिन भित्र प्रगति विवरण पठाउन निर्देशन दिएको हो ।

पत्राचार गरेका सबै अस्पतालहरुले लेखिए अनुशारको सामग्रिहरु खरिद गरी सञ्चालनमा ल्याए नल्याएको र एचडियु सञ्चालन भएका तस्वीर सहितको प्रगती विवरण तीन दिनभित्र पठाउन सुचीत गरेको छ ।

स्वास्थ्य मन्त्रालयले तोकिएको समयभित्र एचडीयु सञ्चालन भएको विवरण नपठाए मन्त्रालयबाट उपलब्ध गराउने भनिएको रकम रोक्का राखिने चेतावनी समेत दिएको छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *