ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पुन:निर्माण गर्दा मौलिकतामा ध्यान दिन राष्ट्रपतिको आग्रह

काठमाडौ वैशाख १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण मौलिक हुनुपर्ने बताएकी छन् ।

गोरखा भूकम्पको छैटौं स्मृतिका अवसरमा राष्ट्रपति भण्डारीले पुनर्निर्माणमा मौलिक वास्तुशिल्प प्रतिविम्बित गर्न आग्रह गरेकी हुन् ।नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण भूकम्प, बाढी पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको भन्दै पर्यावरणमैत्री एवम् विपदको सामना गर्न सक्ने भौतिक संरचना निर्माणमा राष्ट्रपतिको जोड छ ।

‘भविष्यमा भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न निजी आवास, सार्वजनिक तथा सरकारी संरचनाहरुको अध्ययन गरी कमजोर संरचनालाई प्रवलीकरण गर्न र भवनसंहिताअनुसार दिगो नवनिर्माण कार्यका लागि म सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु ’ उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *