ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशव्यापी लकडाउन नहुने,आवश्यक परे स्थानीय तहले गर्ने

काठमाडौं ,वैशाख ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि मुलुकव्यापी लकडाउन नगर्ने बताए । यदि लकडाउन गर्नै परे जोखिम र परिस्थिति हेरेर स्थानिय तह र महानगरपालिका र नगरपालिकाले गर्ने बताए ।

काठमाडौं उपत्यकामा दिनहुँ दुई हजार जनामा संक्रमण भइरहेको जानकारीसहित अन्य अवस्था र नियन्त्रणका लागि भएका प्रयासहरूबारे प्रधानमन्त्री ओलीलाई व्रिफिङ गर्दा उनले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि उपप्रधानमन्त्री ईश्‍वर पोखरेल संयोजक रहेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले प्रधानमन्त्री ओलीलाई सबै प्रयास र अवस्थाबारे जानकारी गराएका थिए ।

अहिले केही क्षेत्रलाई संवेदनशिल क्षेत्रको रूपमा नै राखेर काम गर्ने नागरिकलाई सचेत गराउने नै हो भन्दै तत्काल लकडाउन नगराउने पक्षमा प्रधानमन्त्री देखिएका एक सहभागिले बताए ।

संक्रमण रोक्न स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ । सरकार तत्काल लकडाउन गरिहाल्ने अवस्था नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *