ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौको किर्तिपुरमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौं ११,बैशाख । काठमाडौको किर्तिपुरमा पनि मेलम्चीको पानी वितरण गर्न सुरु गरिएको छ ।

किर्तिपुरमा निर्माण भएको ६० लाख लिटर क्षमताको नयाँ ट्याङ्कीमा पानी जम्मा गरी त्यहाँबाट पम्पिङ मार्फत वितरण सुरु गरिएको हो ।

किर्तिपुरमा हालका लागि दैनिक २३ लाख लिटर पानी वितरण गरिने केयूकेएलले बताएको छ । चिलंचो पानी पोखरी, क्वाँचो पानीपोखरी, ल्याकुँ, भजाङगाल र देवढका पानी पोखरीबाट पानी वितरण गर्न सुरुवात गरिएको हो ।

मेलम्ची खानेपानी आयोजना मार्फत दैनिक १७ करोड लिटर पानी प्राप्त भएपछि काठमाडौ उपत्यका खानेपानी लिमिटेडले केही दिन अघि मात्र भक्तपुरको टिग्नी पानी पोखरीबाट पनि पानी वितरण गरिसकेको छ ।

मेलम्चीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर पठाएको भएपनि एक दुई दिन फ्लसिङ गर्न प्रमुख कार्यकारी अधिकृत शाक्यले आग्रह गर्नुभयो । यस्तै उहाँले घरेलु विधि मार्फत पानी शुद्धिकरण गरेर मात्र पिउन पनि आग्रह गर्नुभयो ।

किर्तिपुरमा शुक्रबार साँझ परिक्षणको रुपमा मेलम्चीको पानी वितरण गरिएको हो । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले खानेपानी वितरणको क्रममा चुहावट भएमा सम्बन्धित वितरण शाखामा सम्पर्क गर्न वा जानकारी गराउन आग्रह गर्नुभएको छl

अहिले पुरानै पाइपलाइनबाट पानी वितरण गर्दा चुहावट हुने सम्भावना भएकाले त्यसलाई रोक्न तत्काल सम्बन्धित शाखा कार्यालयमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।

नयाँ पाइपलाइन परिक्षणको क्रममा रहेको र नयाँ प्रणाली मार्फत पानी वितरण गर्दा चुहावट १५ प्रतिशत भन्दा कममा झार्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *