ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एपीएफले जित्यो अध्यक्ष कप राष्ट्रिय महिला भलिबल

काठमाडौं वैशाख ११ । एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्यापियन बन्न सफल भएको छ ।

शनिवारको उपाधि भिड्न्तमा एपीएफले न्यु डायमण्डमाथी ३–० को सहज जित निकाल्ने क्रममा २५–१६,२५–२२ र २५–१४ को सोझो सेटमा स्तब्ध बनायो । एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गदै स्पाईकमार्फत २४ अंक जोड्दा ब्लक र सर्भिसमा एक एक अंक जोडेकी थिईन् ।

कुल २६ अंकको योगदान दिएकी सरस्वतीले आफ्नो गल्तीका कारण ५ अंक बिपक्षी टिम न्य डायमण्डले प्राप्त गरेको थियो । एपीएफकै रेश्मा भण्डारी र पुजा चौधरीले सात सात अंकको योगदान दिएका थिए । बेष्ट प्रशिक्षकको उपाधि जितेका एपीएफका प्रशिक्षक महेश चौधरीले भने– रिसिभ पुगे पछि हामी उत्कृष्ट खेल्छौं । खेलाडीहरुले रिसिभ र डिफेन्समा उत्कृष्ट खेले पछि खेललाई हामीले आफ्नो नियन्त्रणमा राख्न सक्यौं ।

न्यु डायमण्डकी प्रतिभा मालीले उत्कृष्ट प्रदर्शन गरे पनि टिमलाई पराजयबाट बचाउन सकिनन् । प्रतिभाले स्पाईकमार्फत १८ अंक जोड्दा ब्लक र सर्भिसमा एक एक अंक जोडेकी थिईन् । प्रतिभाले १० अंक नेगेटिभ दिईन् । न्यु डायमण्डकी झरना श्रेष्ठ र बाल्मिका आचार्यले समान ६ अंकको योगदान दिएका थिए ।  उपाधि बिजेता एपीएफले नगद ३ लाख उपबिजेता न्पुडायमण्डले नगद २ लाख सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले नगद २० हजार प्राप्त गरिन् । सरस्वतीलाई हिमालय सिमापार बार्णिज्य संघका अध्यक्षले सम्मान स्वरुप नगद ५० हजार प्रदान गरे । प्रतियोगिताको बिधागत पुरस्कारतर्फ आर्मीकी शान्ती थारुले बेष्ट स्पाईकर,आर्मीकै सुनिता खड्काले बेष्ट ब्लकरको उपाधि जिते । न्यु डायमण्डकी प्रतिभा मालीले बेष्ट सर्भर,सलिना श्रेष्ठले बेष्ट डिफेन्सको उपाधि हात पारे । एपीएफकी बिनिता बुढाथोकी बेष्ट सेटर चुनिईन् । बिधागततर्फ उपाधि बिजेताले जनहि नगद ७ हजार प्राप्त गरे ।

प्रतियोगितामा न्यु डायमण्डको खेलबाट प्रभावित भएर सृजनशिल आमा समूहले नगद २५ हजार र रिवन ट्रान्सपोर्टले नगद २० हजार प्रशिक्षक कुमार राईलाई उपलब्ध गराएका थिए ।

तेश्रो स्थानको उपाधि भिड्न्तमा आर्मीले पुलिसलाई  ३–० को सेटमा हरायो । रोमाञ्चक बनेको पहिलो सेटमा पुलिस २४–२३ को सेट  पईन्टमा पुगे पनि  बचाउन सकेन् । आर्मीले लगातार ३ अंक जोड्दै २६–२४ ले जित्यो । पहिलो सेटबाट उत्साहित भएको आर्मीले दोश्रो र तेश्रो सेट क्रमशः २५–२१ र २५–२३ ले आफ्नो पक्षमा पा¥दै तेश्रो स्थानको उपाधि हात पारेको थियो ।

आर्मीको जितमा उच्च प्रदर्शन गरेकी शान्ती थारु प्लेयर अफ दि म्याच  हुदै २ हजार रुपैयाँ हात पारिन् । आर्मीकी कप्तान समेत रहेकी सेटर कृपा अधिकारीले स्पाईकरलाई सन्तोलित रुपमा खेलाएकी थिईन् । आर्मीले दोश्रो सेटमा १५–१२ को अग्रता लिएको अवस्थामा सुनिता खड्का घाईते भएर कोर्ट बाहिरीएकी थिईन् ।

सुनिताको स्थानमा कोर्टमा प्रवेश गरेकी मनिसा खाँढले टिमको सन्तुलन बिग्रीन दिईनन् । तेश्रो सेटमा पुलिसले ११–६ को अग्रता लिए पछि आर्मीकी सुनिता पूनः कोर्टमा प्रवेश गरेकी थिईन् । आर्मीको जितमा शान्तीले स्पाईक मार्फत १८ र सर्बिस मार्फत १ अंकको योजदान दिएकी थिईन् । उनले ३ अंक आफ्नो गल्तीका कारण बिपक्षलाई दिएकी थिईन् । आर्मीकी साफिया पुनले पनि १९ अंकको योगदान दिएकी थिईन् । उनले स्पाईकमा १६ ब्लकमा १ र सर्भिसमा २ अंक हाँसिल गरेकी थिईन । साफियाको नगेटिभ पईन्टमार्फत पुलिसले ७ अंक प्राप्त गरेको थियो ।

पुलिसकी युवा स्टार स्पाईकर उषा भण्डारीले अपेक्षाकृत खेल प्रदर्शन गर्न सकिनन् । उषाले सर्वाधिक १४ र कप्तान समेत रहेकी भेट्रान खेलाडी कोपीला उप्रेतीले ९ अंकको योगदान दिएकी थिए । आर्मीले नगद १ लाख र पुलिसले नगद ५० हजार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *