ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्रीद्वारा धरहरा उद्घाटन

काठमाडौं वैशाख ११ । २०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहराको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छ्न l

२२ तलाको पुन निर्माण संपन्न गर्दैं गजुर तथा शिवलिङ्ग स्थापना पछि आज प्रधानमन्त्री ओलिले उद्घाटन गरेका हुन। स्तम्भमात्र निर्माण भएको तर अन्य संरचना निर्माणको काम सक्न अझै केही समय लाग्ने भएकाले आज उद्घाटन गरेपनि सर्वसाधरणलाई खुल्ला भने तत्त्काल खुल्ला नहुने पुन: निर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवालीले जानकारी दिए ।

डबल बेसमेन्टको धरहरा टावर, करिब ३ सय हाराहारी क्षमता भएको ट्रिपल बेसमेन्ट पार्किङ, भूकम्प संग्रहालय र क्याफेटेरिया गरी धरहरा निर्माणलाई चार भागमा विभाजन गरिएको छ २०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ।

भूकम्पले भत्काएको धरहराको नवनिर्माण कुल उचाइ ८० मिटर छ। भग्नावशेषलाई भने सिसाले छोपेर नयाँ धरहरा छेवैमा राखिएको छ । बीसौं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ । बाइसौं तलामा भने पुरानै शिवलिंग स्थापना भएको छ ।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले वि.सं १८८१ मा बनाएको धरहरा १९९० को भूकम्पले ढलाएको थियो। सुरुमा ११ तला रहेको धरहरालाई १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलाको रहनेगरी पुनर्निर्माण गराएका थिए। हाल धरहरा २२ तलाको बनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *