ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भुकम्पले ढलेका संरचनाले पुनर्जीवन पाउँदै गए तब अस्ताएका मनहरुले पुनर्जीवन पाए- सुशिल ज्ञवाली(अन्तरवार्ता)

भूकम्प क्षतिग्रस्त भएका संरचना तथा  पुरातत्विक सम्पदाहरु धेरै बनिकस्को अवस्था छ भने रानीपोखरी दरबार हाईसकुल, विभिन्न बस्ती बनिसकेर सन्चालनमा आएका छन् । भने धरहरा यहि बैशाख ११ गते  आज उद्घाटन हुँदैछ ।

कसरी काम गरिरहेको छ राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पपछिको निर्माणको अवस्था के छ? पुननिर्माणका कार्यकारी प्रमुख सुशिल ज्ञवालीसंग गरिएको कुराकानी

भुकम्पले क्षति पुगेका संरचना के कति थिए त्यसमध्ये कति बने ?

२०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको ७ वर्ष पुगेका छ । सो भुकम्पमा परि नेपालमा धेरै धनजनको क्षती भएको थियो । कारण ८ हजार ७ सय भन्दा धेरै जनाको ज्यान गएको थियो । करिव २२ हजार नागरिक घाइते भएका थिए । भूकम्पबाट घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा र सार्वजनिक भवनलगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो । ८ लाख ८ ८ घर मध्ये ९२ प्रतिशत घरको निर्माण सम्पन्न भएको पुननिर्माण प्राधिकरणले बताएको छ ।

पुरातात्विक सम्पदा कति निर्माण सम्पन्न भए कति बन्ने क्रममा छन् कहिले सम्म काम सम्पन्न हुन्छ ?

२०७२ साल बैशाख १२ गते आएको महाभुकम्पका कारण देशभर धेरै संरचना भत्किए जसमध्ये भूकम्पले ३१ जिल्लाका ९ सय २० सम्पदाहरु ध्वस्त बनाएको थियो । काठमाडौं उपत्यकामा आधा हाराहारी ४ सय ६ पुरातात्विक सम्पदामा क्षति पुगेको थियो । विश्व सम्पदामा सूचिकृत १७० मध्ये हालसम्म ११० अर्थात ६५ प्रतिशत, उपत्यकामा ५१ प्रतिशत उपत्यका बाहिरका जिल्लामा ५१ प्रतिशत र कूल भुकम्प प्रभावित ३१ जिल्ला मध्ये २९ जिल्लामा समावेश भएका सम्पदामा गरि ५४ प्रतिशत पुरातात्विक सम्पदाको पुननिर्माण सम्पन्न गरिसकेउ केही निर्माण सम्पन्न हुने अवस्थामा पुगेका छन् ।

भुकम्पको सात वर्ष बतिसक्यो काम ढला किन गर्नुभयो ?

यही असार मसान्तसम्म निजि आवासको काम सम्पन्न गर्छौ र केही समस्या देखिएमा सबै तहसंग मिलेर सुल्झाउँछौं । केही संरचना बनाउँदै गर्दा केही समस्या समेत त्यसको व्यवस्थापनमा सहजीकरण गर्नेगरी काम भएको  छ । निर्माण सामग्री पाउन समस्या भयो स्रोतको अभाव लगायत स्थानिय समुदायका विषय स्विकार्नुपर्ने, भुकम्प प्रतिरोधि बनाउनुपर्ने, सम्पदालाई प्राथमिकताको हिसाबले तेश्रो स्थानमा राखिएको भएर समय लम्बिएको छ अन्य संरचनाको हकमा तिव्र रुपमा काम भएको देख्न सक्नुहुन्छ ।

अन्य संरचना के कति सम्पन्न गर्नुभयो ?

भुकम्पले ७ हजार ५ सय ५३ विद्लय क्षति पुगेकोमा ८५ प्रतिशत सम्पन्न भएको छ,   १ हजार १ सय ९० स्वास्थ्य संस्थामा क्षति पुगेकोमा ६० प्रतिशत काम सम्पन्न भएको छ, ८ सय किलोमिटरभन्दा सडक पुननिर्माण भएको छ भने १५ खानेपानी आयोजनामा क्षति पुगेकोमा   १ हजार खानेपानी आयोजना सम्पन्न भएका छन् भने , ४ सय १५ सरकारी भवनमा ९० प्रतिशत भवनको काम सम्पन्न गरेका छौं यस्तै, २ सय १६ सुरक्षा निकायमा क्षति पुगेकोमा ९८ प्रतिशत काम सम्पन्न गरिसक्यौं ।अब यहि आर्थिक वर्ष भित्रमा लगभग धेरै सम्पदाको निर्माण कार्य सम्पन्न हुनेछ । २०७८ पुष १० सम्ममा लगभग बाँकी रहेको पुनिर्माणको काम समेत  सक्ने लक्ष्यका साथ  अगाडी बढेका छौं। अन्तिम फर्छौयर्ट त्यही बेलामा गर्छौं ।यहि गतिमा आफ्ना काम अगाडी बढेको छ, सबै सम्पदा उहि उस्तै रुपमा पुननिर्माण हुनेमा सबैलाई विश्वस्त हुन आग्रह गर्छु ।

विश्व सम्पदा क्षेत्रमा पुग्दा त्यहाँ भित्रका सम्पदा चारैतिरबाट  टेको लगाएर अड्याइएको देखिन्छ नि ?

पुरातात्विक सम्पदामा हालसम्म ५ अर्ब भन्दा धेरै खर्च भैस्केको छ ।भने स्थानियको सहयोग, अनतराष्ट्रिय सहयोग समेत प्राप्त भएको छ । बाँकी सम्पदा निर्माणका लागि बजेट अभाव नभएमा लक्षित समयमै निर्माण गरिसक्‍ने छौं विश्व सम्पदा क्षेत्रका सम्पदा साथै पुरातात्विक सम्पदा पुनर्निर्माणको काम सुस्त गतिमा  हुनुमा बजेट कार्ययोजना बनाउँदै काम गर्नुपर्छ पुराना कलाकृतिहरु कुँदनै समय लाग्ने  लाग्छ उहि उस्तै वस्तु पाउन समेत गाह्रो भएको कारणले केही ढिला पक्कै भएको छ । टेको लगाउँदा सम्पदा स्थलमा पुग्ने पर्यटकलाई चोटपटक नहोस भन्नेर पनि हो काम भने भित्र भित्र तिव्र रुपमा भएको छ ।

समन्वयमा कसरी काम भएको छ ?बजेटको सहजताको अवस्था के छ ?

केन्द्र, प्रदेश र स्थानिय सरकरले कसरी कुन कुन निकायबाट काम गर्ने भनेर टुङ्गो लगाईसकेको अवस्था छ । नेपाल सरकारबाट गर्नुपर्ने काममा ९ सय ३८ अर्बमा ४ सय ८८ अर्ब रकमको कार्ययोजना पास भएर हालसम्म काम भैरहेको छ । जसमा नेपाल सरकराले ६ सयः भन्दा धेरै रकम उपलब्ध गराउनु पर्दछ बजेट बिनियोजन गर्दै काम गरिरहेका छौं । 

पुनिनर्ममाणमा  २ सय ९४ अर्ब रकम अन्तराष्ट्रिय समुदायले उपलब्ध गराउनु पर्नेमा शत प्रतिशत भन्दा बढी रकम प्राप्त गर्न सफल भएका छौं । भुकम्पको पुननिर्माणको लागि कुल ९ सय ३८ अर्ब आवश्यक् पर्ने अनुमान गरेका छौं ।

प्राधिकरणको अवधि सकिएपछि पुननिर्माणको काम सकिएन भने काम कसरी अगाडी बढछ ?

सरकारी भवनहरु  शहरी विकाश मन्त्रालय  अन्तर्गत, विद्लाय शैक्षिक संस्थाहरु शिक्षा मन्त्रालय अन्तर्गत र अन्य विभिन्न संरचना प्रधिकरणको एकाईले साझेदारी गर्छ, सडक स्थानिय पूर्वाधार विभागमा जाने र त्यसै मार्फत प्राधिकरणको सल्लाहमा काम हुनेछ लगायतका मातहत मन्त्रालय अन्तरगत प्राधिकरणको समय सकिए पनि पुरातत्व विभागले मातहत मन्त्रालयमा रिपोर्टिङ  गरि विपद व्यवस्थापन ईकाई हुन्छ । पुननिर्माणलाई निरन्तरता दिन्छौ । हामीले गरेको कामको अन्तराष्ट्रिय समुदायले प्रशंसा समेत गरेको छ आउने मंसिर सम्ममा हामीअन्तराष्ट्रिय सम्मेलन समेत गर्ने तयारीमा छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *