ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दर्शक विनै नेपाल सुपर लिग फुटबल आजबाट सुरु

काठमाडौं वैशाख ११ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुदें छ । कोरोनाका वावाजुत संचालन हुन लागेको प्रतियोगिता विना दर्शक हुन लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीचको खेलसँगै प्रतियोगिताको सुरुवात हुनेछ ।काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । जेठ १ सम्म सञ्चालन हुने लिगमा कुल २५ खेल हुनेछ ।

विजेतालाई ३५ लाख :

प्रतियोगिताको विजेताले ३५ लाख पाउने आयोजकले जनाएको छ ।

यस्तै उपविजेताले १५ लाख पाउने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीले १ लाख पाउने छन् ।

त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *