ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

धरहराको आज प्रधानमन्त्रीले उद्घाटन गर्दैं

काठमाडौं वैशाख ११ । २०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहराको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्दैं छन् ।

२२ तलाको पुन निर्माण संपन्न गर्दैं गजुर तथा शिवलिङ्ग स्थापना पछि आज उद्घाटन हुन लागेको हो । स्तम्भमात्र निर्माण भएको तर अन्य संरचना निर्माणको काम सक्न अझै केही समय लाग्ने भएकाले आज उद्घाटन गरेपनि सर्वसाधरणलाई खुल्ला भने त्तलाल खुल्ला नहुने पुन: निर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवालीले जानकारी दिए ।

डबल बेसमेन्टको धरहरा टावर, करिब ३ सय हाराहारी क्षमता भएको ट्रिपल बेसमेन्ट पार्किङ, भूकम्प संग्रहालय र क्याफेटेरिया गरी धरहरा निर्माणलाई चार भागमा विभाजन गरिएको छ २०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ।

भूकम्पले भत्काएको धरहराको नवनिर्माण कुल उचाइ ८० मिटर छ। भग्नावशेषलाई भने सिसाले छोपेर नयाँ धरहरा छेवैमा राखिएको छ । बीसौं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ । बाइसौं तलामा भने पुरानै शिवलिंग स्थापना भएको छ ।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८१ मा बनाएको धरहरा १९९० को भूकम्पले ढलाएको थियो। सुरुमा ११ तला रहेको धरहरालाई १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलाको रहनेगरी पुनर्निर्माण गराएका थिए। हाल धरहरा २२ तलाको बनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *