ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका विरामीलाई प्रयोग गर्ने रेमडिसिभिरले पायो पुन नेपालमा अनुमती

काठमाडौं ,वैशाख १० । औषधि व्यवस्था विभागले कोरोनाको उपचार गर्दा प्रयोग गरीने रेमडिसिभिर औषधि आयात गर्नको लागि अनुमति दिइसकेको छ ।पछिल्लो समय बढ्दो संक्रमणदरलाइ मध्यनजर गर्दै अनुमती दिएको हो ।

कोरोना संक्रमण बढ्दै गएपछि भारतले रेमडिसिभिर औषधिमा प्रतिबन्ध लगाएको छ । नेपालमा यो औषधि अभाव हुन सक्ने भन्दै बंगलादेशबाट निर्यातका लागि अनुमति दिइएको हो ।बेक्सिम्को फर्मास्यिुटिकल्सबाट २० हजार र इन्सेक्ट्रा बंगलादेशबाट १० हजार भाइल औषधि आउन लागेको विभागले जनाएको छ ।

बंगलादेशमा उत्पादित ३० हजार भाइल रेमडिसिभिर औषधि आयातका लागि विभागले अनुमति दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *