ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गम्बिर प्रकृतीका बिरामीको संख्या बढेसगै अस्पतालहरुमा शैया अभाव

काठमाडौं,वैशाख १०। कोरोना संक्रमण पुन तिब्र रुपमा बढेसँगै अस्पतालमा जटिल स्वास्थ्य समस्याका विरामी बढन थालेका छन । यससँगै अस्पतालमा शैया अभावका साथै ब्यवस्थापनमा चुनौती थपिएको छ । पछिल्ला दिनकै गतिमा संक्रमण बढने हो भने विद्यमान स्वास्थ्य संरचनाले थेग्न कठिन हुने भन्दै स्वास्थ्य मन्त्रालयले सतर्क रहन नागरिकहरुमा अपिल गरेको छ ।

पछील्लो समय कोरोना महामारीले छिमेकी मुलुक भारतलाइ हायलकायल बनाएको त हामीलाइ थाहा छ । नेपालमा पनि पछिल्लो समय दैनिक बढ्दो संक्रमित संख्या र मृतकको संख्याले नेपालमा पनि संक्रमणले विकराल रुप लिनसक्ने चेतवानि विज्ञहरुले दिइरहेका छन् ।यसमा सरकार गभ्भीर भएर लाग्नु पर्ने जनस्वास्थ्य विद डा कृष्णमान शाक्यले बताए ।

स्वास्थ्य मन्त्रालय भने अहिले स्वास्थ्यका पुर्वाधारहरु जडान गर्ने ल्याउने कामहरुमा विश्वब्यापी प्रतिस्पधा भइरहेको छ । त्यसैले जोहो गर्न पनि अत्यान्तै गाह्रो छ । हामीकहाँ आउने धेरै जसो सामानहरु जुन देशबाट आउने हो ती देशहरुलाइ कोरोनाले धेरै गाह्रो बनाइरहेको अवस्था छ । यसका बाबजुट पनि केही पुर्वधारहरु थपिएका छन् ।

संक्रमणको जुन अहिलेको अवस्था छ यो अवस्था अझै बढ्दे गयो भने अस्पतालहरुमा ब्यवस्थापन गर्न गाह्रो हुने मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले बताए।अहिले पछिल्लो समय संक्रिय संक्रमितहरु परीक्षण गरेको र पहिचान गरेको संख्यामा तुलना गर्दा अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढेको छ ।

अहिले १२ हजार संक्रिय संक्रमित हुदा अस्पतालमा भर्ना हुने र जटिल बिरामीको संख्या बढेको छ ।यसले गर्दा अस्पतालमा अहिले सम्म कुनै चिकित्सा विज्ञान छैन त्यसैले आफु सजक रहने हो । यही गतिमा संक्मरण संख्या बढ्दै जाने हो भने अस्पतालहरुकोब्यवस्थापन समेत गर्न नसकिने डा अधिकारीले बताए ।

पछिल्लो समय काठमाडौं उपत्यका देशभरक विभिन्न जील्लाहरुका अस्पतालहरुमा बेर्ड अभाव हुन थालेको छ । अहिले अस्पताल भर्ना हुने मध्ये अधिकाशंलाइ अक्सिन आवश्यक पर्ने भएकोले गम्भीर अवस्थाका बिरामीहरु आए के गर्ने भन्ने अन्यौलता अस्पतालहरुलाइ हुन थालेको छ।

सरकार अहिले लकडाउन गर्ने मनस्थीतिमा नरहे पनि संक्रमणको गति यहीदरमा जाने हो र हामीले संक्रमणदर कम गर्न सकेनौ भने हामीसँग लकडाउन बाहेक अर्को कुनै उपाय नरहेको मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले बताए ।

केही समयअघि संक्रमित संख्या घट्न थालेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रीवि शिक्षण अस्पतालमा मात्र होइन, वीर, पाटन, एपीएफलगायतका अन्य अस्पतालमा बनाइएको कोभिड वार्डमा ननकोभिडका बिरामी भर्ना गरिएको थियो ।
पछिल्लो एक साता संक्रमितको सङख्या ह्वात्तै बढेपछि ननकोभिड बिरामीलाई डिस्चार्ज गर्दै कोभिडका बिरामी भर्ना गर्न थालेको अस्पतालको भनाइ छ ।

अहिले काठमाडौं लगायत देशभरका अस्पतालहरुमा कोरोना संक्रमित संख्या बढ्न गइ अस्पतालहरुमा बेर्ड अभाव हुन थालेको छ । यसबारेमा सरकारले समयमा नै उचीत ब्यवस्थापन नगर्ने हो भने भोलीको दिनमा नेपालमा पनि छिमेकी देश भारतको जस्तो अवस्था नहोला भन्न सकिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *