ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाँके कोरोनाको हटस्पट बन्दै

काठमाडौं,वैशाख १० । बाँकेमा सक्रियको संक्रमितको सख्ंया बढेपछि उपचार र व्यवस्थापनमा समस्या उत्पन्न हुन थालेको छ । बाँकेमा हाल एक हजार ६सय ५४ जना सक्रिय संक्रमित रहेका छन् । अहिले काँके कोरोनाको उच्च जोखममा रहेको छ ।

बाँकेकव भेरी अस्पतालमा उपचारत ४६ जना सहित नेपालगन्ज मेडिकल कलेजमा २९ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ । जसमध्ये ११ सय बढी संक्रमित होम आइसोलेसन रहेका छन् । अन्यलाई भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर नगरपालिका कोभिड अस्पताल, ह्वाइट हाउस मनिकापुर र होम आइसोलेसनमा राखिएको छ ।

बाँकेमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरमा कोभिडका लक्षण भएका गम्भीर बिरामीको उपचारका लागि कोभिड युनिट छुट्याइएको छ । तर, दुबै अस्पतालका बेर्ड बिरामीले भरिएपछि नयाँ पुष्टि भएका गम्भीर बिरामीको कसरी उपचार र व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *