ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेको नयाँ स्थायी कमिटी गठन – माओवादी छोड्ने नेता परे तर खनाल -नेपाल पक्षका परेनन्

काठमाडौं वैशाख १० । नेकपा एमालको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले नयाँ स्थायी कमिटी गठन गरेको छ । नव गठित कमिटीमा माओवादी छोडेर एमालेमा प्रवेश गरेका नेताहरु परेका छन् भने तर एमाले कै खनाल नेपाल समुहका नेतहरु भने पर्न सकेन्न् ।
स्थायी कमिटी सदस्यमा केपी ओली, वामदेव गौतम, र्इश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी,सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल रहेका छन् ।
बाँकी सदस्यहरु पछि थप गर्ने निर्णय पनि बैठकले गरेको एक नेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *