ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जसपाको एक बर्ष:एकता जोगाउनै धौ धौ

काठमाडौं वैशाख १० । आज भन्दा ठिक एक बर्ष पहिला पुर्व प्रहरी प्रमुख तथा सत्तारुढ नेकपा एमालेका सांसद लडकाउनका विच तराई झरे र केही सांसदहरुलाई अपहरको शैलिमा काठमाडौंको एक होटलमा राखेको आरोप समेत खेपे । यता सोही समयमा प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन संवन्धी अध्यादेश राष्ट्रपति समक्ष प्रस्तुत गर्दै थिए ।
नेकपा भित्रको विवाद भनिएपनि मधेशी दल फुटाउन अध्यादेश आएको भन्दै आलोचना हुदाँ हुदैं मधेस केन्द्रित दुई दल समाजवादी र राजपा मिलेर मध्यरातमा नयाँ पार्टी अर्थात जसपा घोषणा भयो । आज जसपा स्थापना भएको एक बर्ष पुरा हुदाँ पार्टी एक होला नहोला भन्ने प्रश्न उठेका छन् ।तर शिर्ष नेताहरुले भने पार्टी एकता कायम गर्दै वैकल्पिक शक्तिको रुपमा उदाउन आह्वान गरेका छन् । जसपाका अध्यक्ष डा बाबुराम भट्टराईले ट्विट गर्दै जसपाको रक्षाका लागि भित्री र वाहिरी आधिवेहरीबाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्याउन अपिल गरेका छन् ।
डा भट्टराईले यसरी वैकल्पिक शक्तिको लागि अपिल गरेपनि जसपा फुटको संघारमा पुगेको छ । त्तकालिन समाजवादी पार्टी ओलीको विपक्षमा जुन सुकै मोर्चावान्दी कस्न तयार हुदाँ त्तकालिन राजपा ओलीसंगको सत्ता सहकार्यका लागि खुट्टा उचालेर बसेको छ ।
महन्त ठाकुर नेतृत्वको संसदिय दलको वेग्लै भेलामात्र आयोजना भएन ओलीले सरकारले जसपाका माग करिव करिव पुरा गर्ने निर्णय समेत गरेको छ । यस्तो अवस्थामा जसपाको एक बर्ष संघर्षमय मात्र बनेको छैन फुटको संघारबाट जोगिएला नजोगिएला भन्ने प्रश्न समेत उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *