ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतमा दैनिक ३ लाख कोरोना संक्रमित थपिदाँ २ हजार धेरैले ज्यान गुमाउछन्

एजेन्सी, वैशाख १० । छिमेकी भारतमा कोरोनाको संक्रमण भयावह बनेको छ । दैनिक जसो संक्रमितको रेकर्ड तोडिदैं आएको भारतमा बिहिबारमात्र ३ लाख ३२ हजार बढीमा कोरोना संक्रमण भएको छ  भने २ हजार २ सय ५६ जनाले ज्यान गुमाए ।

लगातार रेकर्ड तोड्दै आएको भारतमा कुम्भ मेला तथा चुनावी अभियान बन्द नहसुदाँ पछिल्लो समय संक्रमण भयावह बन्दै गएको हो । बुधबार ३ लाख १५ हजार ८सय २ जना संक्रमित थपिदाँ २ हजार १सय २ जनाको ज्यान गएको थियो ।

मंगलबारको तथ्याङ्क हेर्दा  २ लाख ९४ हजार ११५ संक्रमित हुदाँ २ हजार २० जनाको ज्यान गएको देखिन्छ भने  सोमबार २ लाख ५६ हजार ८ सय २८ जना संक्रमित थपिदाँ १ हजार ७ सय ५७ जनाको ज्यान गयो  । त्यस्तै आइतबार २ लाख ७४ हजार ९ सय ४४ संक्रमित थपिदाँ  १ हजार ६ सय २० जनाले ज्यान गुमाए भने शनिबार २ लाख ६० हजार ५३३ जना संक्रमित थपिदाँ ज्यान गुमाउने सङ्ख्याँ १ हजार ४९२ जनाले ज्यान गुमाए  ।

यसरी दैनिक लाखौको सङ्ख्यामा संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार भइरहेको छ । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सनसमेत नपाइएको दुखेसो पीडितले गरेका छन् । अक्सिजनको समेत अभाव भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *