ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आइपिएलमा बैंगलोर शीर्ष स्थानमा

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

एजेन्सी, वैशाख १० । इन्डियन प्रिमियर लिग (आईपीएल)मा  रोयल च्यालेन्जर्स बैंगलोरले लगातार चौथो जित निकाल्दैं अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

बिहिबार राति भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई १० विकेटले हराउदैं शिर्ष स्थानमा उकलिएको हो ।

पहिले ब्याटिङ गरेको राजस्थानले जितका लागि १ सय ७८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा व्याटिङ गर्दै बैङलोरले १६ ओभर ३ बलमा बैंगलोरले कुनै पनि विकेट नगुमाइ उक्त लक्ष्य पूरा गर्‍यो ।

बैंगलोरको जितमा देवदत्त पडिकलले १ सय१ रन र  कप्तान विराट कोहलीले ७२ रन जोडे ।

राजस्थानका लागि भने शिवम डुबेले सर्वाधिक ४६ राहुल टेवाटिया ४० रनमा तथा रियान पराग २५ रन जोड्दाँ कप्तान सन्जु सासनले २१ तथा क्रिस मोरिसले १० रनमा आउट भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *