ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माधवकुमारसंग कुरो नमिले पछि गौतम गुहार्दै ओली

सेयर गर्नुहोस
  • 15
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं बैशाख ९ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वामदेव गौतमबिच भेटवार्ता भएको छ ।

वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका प्रधानमन्त्री ओलीले आजै बामदेवसंग भेट गरेका हुन् ।

प्रधानमन्त्रीसँग डिनरको लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका नेता गौतम साथै डिनरमा विशाल भट्टराई र कानूनमन्त्री लिलानाथ श्रेष्ठ पनि सहभागी भएका हुन् । भेटवार्ताबारे एमाले प्रमुख सचेतक विशाल भट्टराईले सामाजिक सञ्जाल भेटवार्ताको भएको सचेतक बिशाल भट्टराईको सामाजिक सन्जालमा सार्वजनिक भएको तस्बिरमा भनिएको छ ।

प्रधानमन्त्री-बामदेब भेटघाट, कमरेड बामदेब गौतमलाइ मैले सपाट सोधें ”तपाइहरु बीचको सम्बाद सकारात्मक -नकारात्मक जे जस्तो भए पनि तश्वीर सार्वजनिक गर्छु है कमरेड ? ” सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रमसङको सम्बादपछि उहाँले भन्नुभो ”केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा(एमाले) को अध्यक्ष हो तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ ।”

अब कमरेड बामदेब गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *