ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश दुईको नाम: जानकी , मिथिला भोजपुरा लगायत ६ वटा नाम प्रस्ताव

जनकपुरधाम वैशाख ९ । प्रदेश दुईको नामाकरणका लागि मधेस प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश, जानकी प्रदेश र मध्यमधेस प्रदेश नाम दर्ता भएका छन् ।

सांसदहरूले प्रदेशसभामा दलगत तथा व्यक्तिगत गरी प्रदेशको नामाकरणका लागि छ वटा नाम दर्ता गराएका छन् । लामो समय नामाकरण तथा स्थायी राजधानी तोक्न नकसेको दुई नम्वर प्रदेशका लागि ७ ठाउँमा प्रदेश राजधानि वनाउने समेत प्रस्ताव दर्ता भएका छन् । सत्तारुढ दल जनता सामाजवादी पार्टी (जसपा) का तर्फबाट सचेतक शैलेन्द्र यादव र नेकपा माओवादी केन्द्रका दलका नेता भरतप्रसाद साहले प्रदेशको नाम मधेस प्रदेश दर्ता गराएका छन् ।

त्यस्तै नेकपा एमालेका प्रमोदकुमार यादवले जानकी, एमालेकै शारदादेवी थापाले जनक प्रदेशनाम दर्ता गराएका छन् । कांग्रेसका शिवचन्द्र चौधरीले मिथिला भोजपुरा कांग्रेसकै राजेश्वरप्रसाद साहले मध्यमधेस प्रदेश प्रस्ताव दर्ता गराएका छन् । उता प्रदेशको राजनधानीका विषयमा जनकपुरधाम राजधानीका लागि ५ वटा र वीरगञ्जका लागि दुईवटा प्रस्ताव दर्ता भएका छन् ।

कांग्रेसका सांसद राजेश्वर प्रसाद साह र जसपाका सिंगासन साह कलवारले वीरगञ्जलाई राजधानीका रुपमा प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभाका अन्य सदस्यहरूले जनकपुरधामलाई स्थायी राजधानीको रुपमा प्रस्ताव दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *