ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जसपाका माग पुरा गर्दै सरकार, सरकारले फिर्ता लिन मिल्ने मुद्दा महान्याधिवक्तामार्फत फिर्ता विषयमा छलफल

काठमाडौं वैशाख ९ । सरकारले जसपाले राख्दै आएको मुद्दा पुरा गर्ने संकेत गरेको छ । केपी ओलीलाई सरकार टिकाइ राख्न जसपाको साथ महत्वपुर्ण भएको कारण बिहीबारको मन्त्रिपरिषदमा जसपाका माग संवोधन गर्ने विषयमा छलफल भएको हो ।

मन्त्री परिषदको वैठकमा सहभागि एक मन्त्रीका अनुसार सरकारले फिर्ता लिन मिल्ने मुद्दा महान्याधिवक्तामार्फत फिर्ता लिइने र अदालतमा विचाराधीन र फिर्ता लिन नमिल्ने मुद्दामा भने सरकारले सहजिकरण गर्ने विषयमा छलफल भएको छ । जसपाका विषयमा कुनै निर्णय नभएपनि छद्यफल भएको उनको भनाई छ

संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनीक तथा रेशम चौधरीको रिहाईलाई जसपाले सरकारसंगको निर्णायक विन्दुका रुपमा अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *