ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विदेशबाट आएकालाई कडाई गर्दै सरकार, अनिवार्य १० दिन क्वारेनटिन बस्न निर्देशन

काठमाडौं ,वैशाख ९ । सरकारले पछिल्लो समय कोरोना संक्रमित संख्या संख्या बढेसँगै प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिले हवाइ मार्गबाट नेपाल फर्कने नागरिकलाई क्वारेन्टिन र होल्डिड सेन्टमा राखेर पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ ।

बिहिवार सिंहदरबारमा बिसेको राज्य समिति बैठकले हवाईमार्गबाट स्वदेश फर्कने हरेक नागरिकहरुको लागि विमानस्थल नजिक हेल्थ डेक्सको स्थमपना सहित क्वारेन्टिन वा होल्डिड सेन्टर निर्माण गरी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड भित्र रहेर कोरोनाको संक्रमण भए नभएको पहिचान गर्न आरटीपिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

भारतबाट फर्कनेहरुलाइ पनि कोरोनाको संक्रमण भए नभएको सीमा नाकामा नै परीक्षण गरी रिपोर्ट नआएसम्म होल्डिड सेन्टरमा होल्ड गरी राख्ने, नेगेटिभ रिपोर्ट आउनेलाई व्यवस्थित रुपमा अभिलेख राख्ने पोजिटिभ पुष्टि हुनेलाइ आइशोलेसनमा राख्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

कोरोनालाई देखाइ दैनिक उपभोग्य वस्तु, स्वास्थ्य सामाग्रीहरुको बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने, म्याद सकिएका खाद्यवस्तुको रिलेवलिङ गर्ने जस्ता कानुन विपरीतको कार्य हुन नदिन बजार अनुगमनलाई तिव्रता दिन पनि समितिले निर्देशन दिएको छ । बैठकले हरेक निर्वाचन क्षेत्रमा कोरोनाको रोकथाम तथा नियन्त्रणमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने कार्यका लागि संघीय सांसदको नेतृत्वमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको समेत सहभागीतामा अनुगमन समिति निर्माण गर्न पनि निर्देशन दिइएको छ।

सक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको छिटो पहिचान गर्न कन्ट्याक ट्रेसिङ तथा आरटीपिसिआर परीक्षणको कार्यलाई सरल, छिटो र व्यापक बनाउनका लागि घुम्ती शिविरहरु पनि सञ्चालन गर्न समितिले निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *