ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल सहित चार नेताको सर्वोच्चमा रिट दर्ता

काठमाडौं वैशाख ९ । नेकपा एमालेका नेपाल – खनाल समुहका नेताहरुले आफ्नो सांसद पद जोगाइदिन भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । एमालेबाट निलम्बनमा परेका चारजना माधवकुमार नेपाल,भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालले आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने लगायतका १४ बुँदे मागसहितको रिटमा आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिशोधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भन्दै रिट दर्ता गराएका हुन् ।
आफूहरूले दल त्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको छ । राजनीतिक दल सम्बन्धी ऐन र संविधानको धारा ८९ बमोजिम एमालेले कारवाही गरेमा सांसद पद जाने भएकाले खनाल नेपाल समुह सर्वोच्च पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *