ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुद्धको पूरा मात्रा डोज खोप लगाएपछि कोरोना संक्रमणहुने सम्भावना कम

काठमाडौं ,वैशाख ९ । कोरोना विरुद्धको पूरा डोज खोपले दोहोरो संक्रमणबाट बचाउने एक तथ्याङ्कले देखाएको छ।
खोप लगाएका मानिसहरु मध्ये केही संख्यामा मात्र दोश्रो संक्रमण भेटिएको भारतको मेडिकलले गरेको अध्यायनले देखाएको छ ।

भारतमा उत्पादित खोप कोभ्याक्सिन र कोभिसिल्ड लगाउने मानिसहरुमा गरिएको एक अध्ययनमा ०.०२ देखि ०.०४ प्रतिशत मानिसहरुलाई मात्र दोस्रो संक्रमण भएको उल्लेख गरिएको छ ।

भरतमा ९३ लाख भन्दाबढी मानिसहरुमा कोभ्याक्सिन खोपको पहिलो मात्रा लगाइसकिएको छ । जसमा ४ हजार २ सय ८ (०.०४ प्रतिशत) मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । भने खोपको दोस्रो मात्रा लगाएका मध्ये ६ सय ९५ (०.०४ प्रतिशत) लाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै १० करोड मानिसहरुलाई कोभिसिल्डको पहिलो मात्रा लगाउँदा १७ हजार १ सय ४५ (०.०२ प्रतिशत) लाई कोरोना पुष्टि भएको थियो । भने १ करोडलाई दोस्रो मात्रा खोप लगाउँदा ५ हजार १४ (०.०३ प्रतिशत) लाई संक्रमण पुष्टि भएको छ ।

यो तथ्याङ्कबाट पनि स्पष्ठ भइन्छ कि खोपको पूरा डोज लगाउँदा कमै संख्यालाई मात्र पुन: संक्रमणको जोखिम हुन्छ। इन्डियन काउन्सील अफ मेडिकल रिसर्चका डाइरेक्टर डा. बलराम भर्गाभाले दोहोरो पटक संक्रमण हुनेमा बढीजसो चिकित्सकहरु रहेका बताएका छन् ।

उनीहरुले संक्रमितसँगै रहेर काम गर्नुपर्ने हुनाले संक्रमणको जोखिम बढी भएको हो।

यस्तै भाइरसको परिवर्तित स्वरुपले पनि संक्रमण देखिएको हुनसक्ने उनले बताए। खोप लगाए दुई हप्तापछि मात्र यसले काम गर्न सुरु गर्ने भर्गाभा बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *