ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुरिया हेल्थकेयरको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन

काठमाडौं , वैशाख ९। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)ले सूरिया हेल्थकेयर प्रा लिको प्रयोगशाला सञ्चालनको अनुमति निलम्बन गरेको छ।

एनपिएचएलले बुधबार प्रयोगशाला सञ्चालन अनुमति निलम्बन गरिएको पत्र सुरिया हेल्थकेयरलाई पठाएको छ।

फर्जि कोभिड–१९ रिपोर्ट जारी गरेको भन्दै सूरिया हेल्थकेयरमाथि महानगरीय अपराध अनुसन्धान महाशाखाले अनुसन्धान गरिरहेको भन्दै एनपिएचएलले सो प्रयोगशालाई निलम्वन गरेको हो।

सुरिया हेल्थ केयरमाथिको अनुसन्धानको टुंङ्गो नलागेसम्मका लागि कोभिड लगायत अन्य प्रयोगशाला सम्बन्धी परीक्षणहरु गर्न एनपिएचएलले दिएको अनुमति निलम्बन गरिएको जनाइएको छ ।

एनपिएचएलले सुरिया हेल्थ केयरलाई पत्राचार गर्दै कोभिड लगायत अन्य कुनै पनि प्रकारको प्रयोगशाला परीक्षणहरु सञ्चालन नगर्न निर्देशन समेत दिएको छ।

सिनामंगलस्थित सुरिया ल्याबले कारोना भाइरस जाँच नै नगरी कोराना संक्रमण नभएको भनेर रिपोर्ट दिने गरेको पाइएपछि मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाले ल्याबमा छापा मारेको थियो।

बुधवार सुरिया हेल्थकेयर प्रालिको पीसीआर परीक्षण रिपोर्ट लिएर विदेश जान लागेका १७२ यात्रुलाई विमानस्थलबाटसमेत फिर्ता पठाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *