ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल कम्युनिष्ट आन्दोलनको ७२ बर्ष: टुक्रै टुक्राको कम्युनिष्ट आन्दोलन

काठमाडौं वैशाख ९ ।  नेपालका कम्युनिष्ट पार्टीहरुले ७२ औं  स्थापना दिवस मनाउँदै छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ,निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठले आजकै दिन नेपाल कमन्युष्ट पार्टीको स्थापना गरेका थिए ।

जहानियाँ राणाशासनको दमनको समयमा  भूमिगत रुपमा स्थापना सामन्तवाद, दलाल–नोकरशाही पूँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लियो  । हरेक राजनीति परिवर्तनक साक्षीमात्र नभइ निर्णायक मानीएपनि टुट र फुटको राजनीति भने नेपाली कमन्युष्ट आन्दोलनका लागि अभिसाप बनेको छ ।

तुलनात्मक रुपमा अन्य पार्टी भन्दाँ कम समय राज्य शक्तिको बगाडोर संहाले पनि केही उदहारणीय काम गर्न सफल भयो । तर फुट पछि फुटको घटनामा कमी भने ल्याउन सकेन् । अहिले पनि बहुमत प्राप्त कमन्युष्ट सरकार छ त र आन्तरिक किचलो मिलाउन नसक्दाँ पार्टी के होला भन्ने प्रश्न नेकपाको माओवादी र एमाले दुवैलाई छ ।

कम्युनिष्ट पार्टीका दोस्रो महासचिव मनमोहन अधिकारी , तेस्रो तुलसीलाल अमात्य बने त्यतिमात्र हैन २०११ सालमा आफ्नै सहयात्री दल नेपाली कांग्रेसको सरकारले प्रतिवन्ध लगाएकव नेकपा २०१५ सालको पहिलो आम निर्वाचनमा ४ सिट जित्दै संसदिय अभ्यासको सुरुवात गरेको थियो ।

२०५१ सालमा मनमोहन अधिकारीको छोटो समयको सरकारले केही उल्लेख्य रहेपनि लामो समय टिक्न नकस्दाँ त्यसैको ब्याज कमन्युष्ट पार्टीले खादैं आएको छ ।

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर लडेका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीले करीब दुई तिहाइ बहुमत सिट जित्न सफल भए । यो नेपाल कम्युनिष्ट पार्टी स्थापनाको करीब ७० वर्षकै इतिहासमै सबैभन्दा ठूलो सफलता थियो ।

विश्व कम्युनिष्ट लाई उदाहरण बनाउने भन्दै चुनावी गठबन्धनपछि २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो । नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले यी दुई पार्टीबीचको एकता बदर गरिदिएपछि अहिले एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका छन् ।

सर्वोच्चको फैसला पछि एमाले रमाओवादी समेत संग्लो छैनन् । फुटको संघारमा एमाले पुग्दाँ माओवादीका केही नेता कारवाहीमा परिसकेका छन् । त्यसो त निर्वाचन आयोगकमा नै एक दर्जको हाराहारीमा कम्युनिष्ट नामका पार्टी दर्ता छन् ।

७२ बर्षे इतिहासमा नेकपा टुक्रै टुक्रामा विभक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *