ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भिमदत्त नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द

काठमाडौं ,वैशाख ८ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैशाख १० गतेसम्म अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ । नगरपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत पुुस्करप्रशाद भट्टले जारी गर्नुभएको सूचनामा बैशाख ७ गते जाँच गर्दा केही कर्मचारीमा कोरोना पोजिटिभ देखिएको बताए । अन्य कर्मचारीको जाँच गर्नु पर्ने र कार्यालय प्राङ्गगण निर्मलीकरण गर्नु पर्ने भएकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताए ।

वडा कार्यालयको सेवा प्रवाह गर्ने नगर्ने भन्ने बारे वडाको जोखिम अवस्था अनुसार सम्बन्धित वडाले निर्णय गर्ने सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *