ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ठडियो स्वाभिमानको प्रतिक धरहरा: सजियो गजुर

काठमाडौं ८,बैशाख । धरहराको शीरमा गजुर स्थापना गरिएको छ । पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको हो । आजै २२ औँ तलामा शिवलिङ्ग पनि राखिएको छ। पुरानै शिवलिङ्गलाई आज विशेष पूजा गरेर स्थापना गरिएको हो । पुनर्निर्माण करिब सकिएको २२ तले धरहरामा गजुर स्थापना गरिएको छ। पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको हो ।

यस्तै गजुरसँगै आज २२ औँ तलामा शिवलिङ्ग राखिएको छ। पुननिर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवालीले पुजा गर्दै पुरानै शिव लिंगलाई आज विशेष पूजा गरेर स्थापना गरिएको हो ।

डबल बेसमेन्टको धरहरा टावर, करिब ३ सय हाराहारी क्षमता भएको ट्रिपल बेसमेन्ट पार्किङ, भूकम्प संग्रहालय र क्याफेटेरिया गरी धरहरा निर्माणलाई चार भागमा विभाजन गरिएको छ २०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहरा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भूकम्पले भत्काएको धरहराको नवनिर्माण कुल उचाइ ८० मिटर छ। भग्नावशेषलाई भने सिसाले छोपेर नयाँ धरहरा छेवैमा राखिएको छ । बीसौं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ । बाइसौं तलामा भने पुरानै शिवलिंग स्थापना भएको छ ।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८१ मा बनाएको धरहरा १९९० को भूकम्पले ढलाएको थियो। सुरुमा ११ तला रहेको धरहरालाई १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलाको रहनेगरी पुनर्निर्माण गराएका थिए। हाल धरहरा २२ तलाको बनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *