ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओली र नेपालको वान टु वान वार्ता सकियो, संगै मिलेर जाने विषयमा छलफल

काठमाडौं वैशाख ८ । एमाले फुटको संघारमा पुगेको समयमा नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल विचको वान टु वान वार्ता सकिएको छ ।

करिब २ घण्टा लामो वार्ता केही समय पहिलामात्र सकिएको हो । वार्तामा पार्टीमा मिलेर जानुपर्ने विषयमा छलफल भएको बुझिएको छ । तर दुवै पक्षले वातर्तामा भएको विषयमा प्रतिकृया भने दिन मानेन् ।

एकले अर्कोलाई कारवाहीको ढड्डा चलाउने र संवाद हिनताको समयमा भएको यस भेटले नेकपा एमाले विवादलाई नयाँ मोड दिने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *