ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माले र जनमोर्चा बीच पार्टी एकिकरण

काठमाडौं,वैशाख ८ । नेकपा माले र जनमोर्चा बीच पार्टी एकिकरण भएको छ । काठमाडौंमा आयोजना भएको एकिकरण कार्यक्रममा मालेका महासचिव सी.पी मैनाली र जनमोर्चाका अध्यक्ष दुर्गा प्रसाद जैसी(महेन्द्र)ले एकता पत्रमा हस्ताक्षर गरेका थिए ।

यस अघीनै बसेको मालेको स्थायी कमिटीको विस्तारित बैठकले महेन्द्रलाई पार्टीको पोलिटव्युरो सदस्य,सुर्यलाई पोलिटब्युरोको बैकल्पिक सदस्य र श्रीकृष्णलाई पार्टीको केन्द्रीय कमिटीको सदस्यमा मनोनित गरेको जनाईएको छ ।

एकिकरणपछि विभिन्न २७ जिल्लाका जनमोर्चाबाट आएका नेता कार्यकर्तालाई प्रदेश, जिल्ला तथा स्थानिय कमिटी र पार्टी समर्थित विभिन्न बर्गीय जनसंगठनहरुमा योग्यता अनुसार जिम्मेवारी दिने मालेका प्रवक्ता कुमार बेलबारसेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *