ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चार चिकिस्सक द्वारा संयुक्त रुपमा लेखिएको पुस्कत ‘चिकित्सा शब्दसागर’ सार्वजनीक

काठमाडौं ,वैशाख ८ । आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजीत एक कार्यक्रममा विनयकुमार शर्मा नेपाल,प्रकाशमणी दाहाल,डा कमल शर्मा लम्साल र डा विपिन नेपालद्धारा संयुक्त रुपमा सम्पादित चिकित्सा शब्दसागर लोकार्पण गरीएको हो ।

सो पुस्तक त्रिबिका चिकित्साशास्त्र विभागका डिन प्रा डा दिब्या सिंह,काठमाडौं विश्ववद्यालयका चिकित्साशास्त्र विभागका डीन प्रा डा राजेन्द्र कोजु,नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा गोमादेवी निरौला तथा नेपाल स्वास्थ्य ब्यवसायी परिषद्का अध्यक्ष डा मोहनकृष्ण क्षेत्रिले संयुक्त रुपमा लोकार्पण गरेका हुन ।

अग्रेजीदेखी नेपाली भाषामा रुपान्तरण गरेर निकालिएको यो पहिलो पुस्तक हो । धेरै जसो मेडिकलका पुस्तकहरु अग्रेजीमा लेखिएको हुन्छ त्यो विद्यार्थी देखी विरामीहरुलाइ बुझ्न गाहो हुने भएकोले यो पुस्तककले सबैलाइ बुझ्नमा सहजीकरण हुने डा कमल लम्सालले बताए । धेरैले मेडिकल भाषाहरु नबुझ्ने भएकोले पनि यसले धेरै सहयोग पुग्ने बक्ताहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *