ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भोलीबाट नो अब्जेक्सन लेटर बन्द

काठमाडौं वैशाख ८ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नो अब्जेक्सन लेटर(एनओसी) वितरणमा रोक लगाएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमण बढेको भन्दै विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको हो ।

जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको मन्त्रालयले जनाएको छ । नयाँ विद्यार्थीका लागि एनओसी बन्द गरेपनि विदेश अध्ययन गरिरहेका विद्यार्थीहरुको हकमा भने नो अब्जेक्शन लेटर जारी गर्ने कार्य निरन्तता दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *